• बैशाख १९ २०८३, शनिबार

विवाह गर्ने प्रलोभन देखाएर किशोरीलाई बलात्कार गर्ने पक्राउ

बैशाख २१ २०७८, मंगलवार

विवाह गर्ने प्रलोभन देखाएर १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाराका एक युवक पक्राउ परेका छन् ।

बारागढी गाउँपालिका-२ घर भई निजगढ नगरपालिका-७ बस्ने ३५ वर्षीय हितलाल हजरालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । हितलालले ती किशोरीलाई विवाह गर्छु भनी ललाई फकाई निजगढ नगरपालिका-७ स्थित केराबारीमा शुक्रबार जबरजस्ती करणी गरेको बताइएको छ । घटनाबारे जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।