होलेरी । पूर्वमन्त्री वर्षमान पुनले रोल्पाको एक विद्यालयलाई कम्प्युर हस्तान्तरण गरेका छन् । जिल्लाको परिवर्तन गाउँपालिका वडानम्बर २ राङसी पार्लासिमामा रेहेको जनवादी बालसुन्दर आधारभूत विद्यालयलाई कम्प्युटर हस्तानतरण गरेका हुन् । सो विद्यालय २०६१ सालमा स्थापना भएको हो ।

पूर्वमन्त्री पुनको पहलमा एनएमबी बैंको आर्थिक सहयोगमा छ थान डेक्सटप कम्पुटर र १ थान प्रिन्टर प्रदान गरिएको हो । सो विद्यालयलाई उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्री जयपुरी घर्तीले पनि पचास हजारका दरले नगद प्रदान गरेका त्यहाँबाट झन्कार बुढामगरले जानकारी दिएका छन् ।