• बैशाख १९ २०८३, शनिबार

नेपाली महिला पत्रकार कल्पना महर्जन सगरमाथा आरोहण गर्न सफल

बैशाख ९ २०७८, बिहीबार

नेपाली महिला पत्रकार कल्पना महर्जन पहिलो पटक सगरमाथा आरोहण गर्न सफल भएकीछिन् । उनी सगरमाथा आरोहण गर्ने पहिलो महिला पत्रकार हुन् । महर्जनले नेपाल र चीन दुबै मोहडाबाट सगरमाथा आरोहण गरेकी हुन् ।

सगरमाथाको सफलतापूर्वक आरोहण गरेसँगै उनलाई बधाईको ओइरो नै लागेको छ । महर्जनले चैत्र ४ गते बुधवार औपचारिक रूपमा विश्व रेकर्ड राखेको प्रमाणपत्र लण्डनको वल्र्ड बुक अफ रेकर्डबाट प्राप्त गरेकी हुन् । महर्जनको कीर्तिमानीलाई बेलायतको वर्ल्ड बुक अफ रेकर्डले प्रमाणित गरेर प्रमाण-पत्र प्रदान गरेको हो ।

ललितपुर महानगरपालिकाले आयोजना गरेको एक विशेष समारोहबीच आयोजित कार्यक्रममा बुधबार नेपालका प्रथम राष्ट्रपति डा.रामबरण यादवको हातबाट पत्रकार महर्जनले सो प्रमाणपत्र ग्रहण गरिन् । कार्यक्रममा आयोजक ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा उपमेयर गीता सत्यालले पत्रकार महर्जनको साहसिक कीर्तिमानीलाई खुलेर प्रशंसा गरे ।

साहसिक सफल आरोही पत्रकार महर्जनले शताब्दी पुरुष सत्यमोहन जोशीको फोटो सगरमाथाको चुचुरोमा लगेर फहराएकी छिन् । कठिन र जोखिमपूर्ण कार्यगरी संसारमा आफ्नो र नेपालकै नाम राख्न सफल पत्रकार महर्जनलाई हाम्रो पनि बधाई ।