काठमाडौं । नेकपा एमाले ओली पक्षको कार्यालय रहेको काठमाडौं थापाथलीबाट प्रहरीले सोही पार्टीकी नेतृ बालिका खड्कालाई पक्राउ गरेको छ । प्रधानमन्त्री केपी ओली सहितका नेता पार्टी कार्यालय निरीक्षणमा गएको बेला गाली गर्न थालेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मुख छाडेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूलाई बिचल्ली बनाएको आरोप लगाउँदै आएकी छिन् । पार्टी कार्यालय निरीक्षणमा मुख्यमन्त्री राई पनि सहभागी थिए । बालिकालाई पक्राउ गरिएको भिडियो मिडियामा छाइरहेको छ ।
यो घटनाका बारेमा मुख्यमन्त्री शेरधन राईले कुनै प्रतिकृया दिएका छैनन् भने करिब ३, ४ वर्षदेखि नै बालिकाले शेरधनले आफूसित प्रेमगरी धोका दिएको आरोप लगाउँदै आएकि छिन् भने राई भने यसबारेमा केही बोलेका छैनन् । बरु राईले केही समयअघि मात्रै अर्कै केटीसित विहे गरिसकेका छन् । उनीहरुको घटना सार्वजनिक भएपनि यसबारेमा सिंगो एमाले, अध्यक्ष केपी र मुख्यमन्त्री राईले पनि कुनै प्रतिकृया नदिनुले यसमा केही गडबडी रहेको हुनसक्ने आशंका गरिएको छ ।