• बैशाख १९ २०८३, शनिबार

नेपालमा कोरोना : एकै दिन २३५१ जना सङ्क्रमित

बैशाख ८ २०७८, बुधबार

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ३ सय ५१ जना सङ्क्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा ८ हजार ८ सय ४४ जनाको पीसीआर र ८ सय ३ जनाको एन्टीजेन परीक्षण गर्दा थप २३५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । जसमध्ये काठमाडौंमा ७ सय ६७, भक्तपुरमा ८४ र ललितपुरमा ८४ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट २८७ जना संक्रमणमुक्त भएका छन् ।