• बैशाख १९ २०८३, शनिबार

अख्तियारलाई स्टिङ अपरेशन नगर्न सर्वोच्चको आदेश

बैशाख ८ २०७८, बुधबार

काठमाडौँ। सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरेशन नगर्न आदेश दिएको छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिङ अपरेशन रोक्न आदेश दिएको हो ।

अख्तियारले गर्ने गरेको स्टिङ अपेशन नेपालको संविधान विपरित भएको भन्दै अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा रिट दायर गरेका थिए ।