• बैशाख १९ २०८३, शनिबार

कोरोना संक्रमणबाट पत्रकार अधिकारीको मृत्यु

बैशाख ८ २०७८, बुधबार

कोरोना सङ्क्रमणबाट पत्रकार दामोदर अधिकारीको निधन भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभारका ४० वर्षीय उनको मंगलबार राति उपचारको क्रममा निधन भएको हो ।

अधिकारी चैत २५ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा घोराहीस्थित नेपाल पत्रकार महासंघमा भएको निर्वाचनमा मतदान गरेका थिए । चैत २६ गते पीसीआर परीक्षणका क्रममा उनलाई कोरोना  सङ्क्रमण  पुष्टि भएको थियो । स्वास्थ्य अवस्था बिग्रदै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकोप्टर चार्टर गरि थप उपचारका लागि काठमाडौं लगिएको थियो । उनको उपचारका क्रममा मंगलवार राति काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।