काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १३ बुँदे निर्देशन जारी गरेको छ।
मंगलबार जारी गरेको निर्देशनमा सबै शैक्षिक संस्थाहरु बन्द गर्नेदेखि सिनेमा हल, पार्टी प्यालेस, जिम हल लगायतका मान्छेको भिडभाड हुने ठाउँहरु वैशाख मसान्तसम्म बन्द गरिने जनाइएको छ।
त्यस्तै, सार्वजनिक सवारी साधनहरुले पनि स्वाथ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्रै सवारी चलाउन निर्देशन दिइएको छ । २५ जना भन्दा बढी भेला हुन नपाइने, मठमन्दिरमा पूजा तथा प्रार्थना गर्दा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्ने र गराउने निर्देशनमा उल्लेख गरिएको छ ।
