काठमाडौँ । देशभर थप एक हजार ७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८०५५ पीसीआर परीक्षणमा १६६७ र ६८३ एन्टिजेन परीक्षणमा ६९ गरी १७३६ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा २५१ जना सङ्क्रमित निको भएका छन् । योसँगै हालसम्म नेपालमा दुई लाख ७५ हजार ८०६ जना सङ्क्रमणमुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार १०२ पुगेको छ ।