• बैशाख १९ २०८३, शनिबार

एमसीसी र ओली सरकार विरुद्ध काठमाडौंमा गर्जिए २२ दलका नेता (तस्विरहरु)

बैशाख ६ २०७८, सोमबार

  काठमाडौँ /

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरुद्धमा विभिन्न २२ राजनैतिक पार्टीहरुले राजधानीमा प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा जम्मा भएर सोमवार दिउसो ती २२ राजनैतिक पार्टीहरुका नेता तथा कार्यकर्ताहरुले विभिन्न नाराहरु लगाउँदै प्रदर्शन गरेका हुन् भने प्रदर्शनलाई २२ पार्टी मध्यका विभिन्न घटकका नेताहरुले सम्बोधन गरेका थिए ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका महासचिव परि थापाले सो अमेरिकी परियोजना देशको हितमा नभएको धारणा व्यक्त गरे । विगतमा भारतसँग गरिएका असमान सन्धि र सम्झौताहरु खारेज नगरेरै २०७२ सालको संविधान जारी गरिएकोले देश अहिले पनि अर्धऔपनिवेशिक रहेको औंल्याउदै अझ अघि बढेर अहिले देश नवऔपनिवेशिकतामा पुगेको थापाले बताए ।

परि थापा
परि थापा

प्रधानमन्त्री केपी ओली देशको मियो बन्नुपर्नेमा सियो बनेको भन्दै त्यही सियोले देशका जनता लगायत सबैलाई उनले घोक्दै हिंडेको आरोप थापाले ओलीलाई लगाए । पूर्व अर्थमन्त्री तथा अमेरिकाको लागि नेपालका राजदुत डा युवराज खतिवडा अमेरिकाको दलाल भएकोले संसदबाट परियोजना पास नहुँदै एमसीसी सम्बन्धी बजेट राष्ट्रिय बजेटमा समावेश गराएको समेत थापाले आरोप लगाए ।

डम्बर कार्की
डम्बर कार्की

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै जनसमाजवादी पार्टीका महासचिव डम्बरविक्रम कार्कीले एमसीसी देशको हितमा छैन भन्नेकुरा नेपाली जनतालाई थाहा भइसकेको बताउँदै अब जनताले संसदीय व्यवस्था पनि देश र जनताको हितमा छैन भन्ने कुरा बुझ्नुपर्ने बताए । विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य हस्तबहादुर केसीले एमसीसी परियोजना कुनैपनि हालतमा खारेज हुनुपर्ने जिकिर गरे ।

हस्त बहादुर केसी
हस्त बहादुर केसी

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य अर्जुन कार्कीले एमसीसी लागु गरे देश सिक्किम हुनसक्ने खतरा औंल्याए । एमसीसी लागु गर्ने मानिस लेण्डुप दोर्जे हुने समेत उनले बताए । सर्वहारा कम्युनिष्ट पार्टी माओवादीकि महासचिव भावना विद्रोहीले एमसीसी परियोजना लागु गर्ने भन्नेहरु राष्ट्रघाती भएको बताइन् ।

विरोध प्रदर्शन
विरोध प्रदर्शन

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले विदेशीहरुको जति दलाली गरेपनि अन्तिममा राष्ट्रघातीहरू पतन भएर जाने निस्चित भएको बताए । विरोध प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय जागरण मंचका केन्द्रिय संयोजक गुणराज लोहनीले यो सरकार र संसदीय व्यवस्था नै राष्ट्रघाती भएको आरोप लगाए ।

गुणराज लोहनी
गुणराज लोहनी
विरोध प्रदर्शन
विरोध प्रदर्शन
बसन्त बोगटी
बसन्त बोगटी
हरिकृष्ण गजुरेल एमसीसीको विरोध प्रदर्शनमा नारा लगाउदै
हरिकृष्ण गजुरेल एमसीसीको विरोध प्रदर्शनमा नारा लगाउदै
एमसीसको विरोध प्रदर्शन
एमसीसको विरोध प्रदर्शन
नेता नारायण शर्मा एमसीसीको विरोध प्रदर्शनमा
नेता नारायण शर्मा एमसीसीको विरोध प्रदर्शनमा
एमसीसीको विरोध प्रदर्शनमा सहभागीहरु
एमसीसीको विरोध प्रदर्शनमा सहभागीहरु
एमसीसीको विरोध प्रदर्शनमा सहभागी मजदुर नेता इश्वर तिमिल्सिना लगायत
एमसीसीको विरोध प्रदर्शनमा सहभागी मजदुर नेता इश्वर तिमिल्सिना लगायत