• बैशाख १९ २०८३, शनिबार

राष्ट्रपतिद्वारा चुडाल र सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त

बैशाख ६ २०७८, सोमबार

काठमाडौँ। उच्च अदालतका मुख्य न्यायाधीशहरु कुमार चुडाल र नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपरिषदको सिफारिसमा सोमबार सुवेदी र चुडाललाई नियुक्त गरेकी हुन् ।

गत फागुन २८ गते न्यायपरिषद बैठकले चुडाल र सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको थियो ।

गत शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको नाम नियुक्तिका लागि अनुमोदन गरेको थियो ।