काठमाडौं । नेपाल पत्रकार महासंघ नुवाकोटमा फेरि चुनाव हुने भएको छ । त्रुटिपूर्ण मतपत्रमा मतदान गराइएको, धाँदली भएकोलगायतका उजुरी परेपछि केन्द्रीय निर्वाचन समितिले त्रुटि सच्याएर एक साताभित्र पुनः निर्वाचन गराउन जिल्लालाई निर्देशन दिएको हो ।
केन्द्रीय निर्वाचन समितिले त्रुटि सच्याएर एक साताभित्र पुनः निर्वाचन गराउन जिल्ला निर्वाचन समितिलाई निर्देशन दिएको हो ।
सम्भव भए एक साताभित्र निर्वाचन गर्ने अन्यथा निर्वाचनको मितिका लागि केन्द्रीय निर्वाचन समितिसँग समन्वय गर्न निर्देशन दिएको समितिका संयोजक कपिल काफ्लेले बताए ।
जिल्ला अध्यक्ष पदका प्रत्यासी नारायण नेपाल, उपाध्यक्षमा प्रत्यासी रुपा अर्याल लगायतले दिएको उजुरीमा २५ गतेको निर्वाचन रद्द गर्ने माग थियो ।
नेपाल प्रेस युनियन नुवाकोटले पनि निर्वाचन रद्दको माग गरेको थियो । निर्वाचन नै विवादित भएपछि केन्द्रीय निर्वाचन समितिले मतपेटिका काठमाडौँ झिकाएर अनुसन्धान थालेको हो ।