• बैशाख १९ २०८३, शनिबार

 ‘डबल म्युटेन्ट भेरियन्ट’ संक्रमितको कन्ट्याक्ट ट्रेसिङ शुरु

बैशाख २ २०७८, बिहीबार

 काठमाडौं । कोभिड–१९ को नयाँस्वरुप ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ संक्रमण देखिएका व्यक्तिको यात्रा विवरण (ट्राभल हिस्ट्रि) खोजी गर्न थालिएको छ । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ संक्रमण देखिएका व्यक्तिको यात्रा विवरण खोजी भइरहेको जानकारी दिए । 

“संक्रमण देखिएका व्यक्ति विदेशबाट आएका हुन्”, उहाँले भन्नुभयो, “उनीहरुको यात्रा विवरण, कन्ट्याक्ट ट्रेसिङ हामीले खोजिरहेका छौं ।” हङ्कङमा परीक्षणका क्रममा बुधबार ललितपुरका ५९ वर्षीय एक जनामा ‘डबल म्युटेन्ट भेरियन्ट’ र अन्य नौ जनामा ‘युके भेरियन्ट’ पुष्टि भएको हो । पन्ध्र जनाको अणुवांशिक (जीन सिक्वेन्सिङ)मा एक जनाको ‘डबल म्युटेन्ट भेरियन्ट’ भेटिएको हो । 

संक्रमित तीन हप्ता पहिले नेपाल आएकाले उनीहरुमा सङ्क्रमण नभए पनि अरुलाई सारेको हुनसक्ने भएकाले कन्ट्याक्ट् ट्रेसिङलगायतका कार्य भइरहेको उनले बताए ।