• बैशाख १९ २०८३, शनिबार

स्कुलसहित भिडभाड हुने क्षेत्रमा नजान स्वास्थ्य मन्त्रालयको अपिल

बैशाख २ २०७८, बिहीबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावितमा जिल्लामा राखेको छ ।

बिहीबार मन्त्रालयले अति संवेदनशील क्षेत्र तोकिएका जिल्लाहरूमा भिडभाड हुने सबै क्षेत्रमा जमघट नगर्न अपिल गरेको हो । मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ जिल्लालाई अति संवेदनशील मानेको छ।

मन्त्रालयले हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभएपनि संक्रमणको जोखिम रहेकाले ती जिल्लाका विद्यालयमा नगइदिन अपिल गरेको छ । यस्तै, मन्त्रालयले रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन तथा बैठक नगर्न पनि अपिल गरेको छ ।
मन्त्रालयले सबै सरकारी अस्पतालहरूमा कम्तीमा ५० प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्याउन निर्देशन दिएको छ।