• बैशाख १९ २०८३, शनिबार

कोशी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

बैशाख २ २०७८, बिहीबार

विराटनगर स्थित कोशी कोभिड-१९ उपचार केन्द्रमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

बुधबार दिउँसो कोभिड अस्पतालमा भर्ना भएकी विराटनगर- ४ बरगाछीकी ४६ वर्षीया महिलाको उपचारकै क्रममा विहिबार बिहान मृत्यु भएको अस्पतालका निमित्त संयोजक एपोलो भगतले जानकारी दिए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि नोबेल अस्पतालमा उपचार गर्न गएकी महिलाको बुधबार  पीसीआर रिर्पोट पोजेटिभ आएपछि कोशी अस्पतालमा भर्ना गरिएको थियो । गम्भिर अवस्थामा अस्पताल भर्ना गरिएकी महिलाको उपचारको क्रममा मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार मृतक महिलामा श्वासप्रश्वासमा समस्या रुघाखोकी, साथै ज्वरोको लक्षण देखिएकाे थियाे ।

अहिले मृतक महिलाको शव व्यवस्थापन भइरहेको अस्पतालले जनाएको छ।