• बैशाख १९ २०८३, शनिबार

प्युठानमा जीप दुर्घटना, २ जनाको मृत्यु

बैशाख १ २०७८, बुधबार

प्युठान । गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेको जीप दुर्घटना भएको छ । लु१ज १६५५ नं.को जीप बुधबार बिहान प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

मृतकको सनाखत भइसकेको छैन ।

जीपमा सवार १२ जनालाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा पठाइएको छ । दुर्घटनास्थल स्वर्गद्वारी नजिकै पर्दछ । त्यहाँ भिङ्ग्रीको प्रहरी टोली उद्धारमा खटिएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।