• बैशाख १९ २०८३, शनिबार

कैलालीमा थप २० जनामा सङ्क्रमण पुष्टि, २ जना भेन्टिलेटरमा

चैत्र ३१ २०७७, मंगलवार

कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलवार थप २० जनामा संक्रमण पुष्टि भएको छ ।

४९ जनाको नमूना परीक्षण गर्दा थप २० जनामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमा धनगढीका ८ जना महिला, ९ जना पुरुष, कञ्चनपुरको बेलौरीका १ जना पुरुष र कैलालीको भजनीका २ जना महिला रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै कोरोना संक्रमित मध्ये २ जना भेन्टिलेटर, १ जना आईसीयू र २ जनाको आईसोलेसनमा उपचार भइरहेको उनले बताए । अन्य भने होम आइसोलेशनमै रहेका छन् ।