• बैशाख १९ २०८३, शनिबार

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी युएईबाट पक्राउ

चैत्र ३१ २०७७, मंगलवार

काठमाडौँ। इन्टरपोलबाट रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले युएईबाट पक्राउ गरेको छ ।

तेह्रथुम आठराई गाउँपालिका–४ तीनसल्ले स्थायी बासिन्दा काजीमान पुरीलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका काजीमानलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्न नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्युरो काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो । इन्टरपोल आवुदावी युएईको समन्वयमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले उनलाई युएईबाट पक्राउ गरेको हो।

पक्राउ परेका पुरीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइएको प्रहरीले जनाएको छ ।