• कार्तिक ९ २०८३, आईतवार

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी युएईबाट पक्राउ

चैत्र ३१ २०७७, मंगलवार

काठमाडौँ। इन्टरपोलबाट रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले युएईबाट पक्राउ गरेको छ ।

तेह्रथुम आठराई गाउँपालिका–४ तीनसल्ले स्थायी बासिन्दा काजीमान पुरीलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका काजीमानलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्न नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्युरो काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो । इन्टरपोल आवुदावी युएईको समन्वयमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले उनलाई युएईबाट पक्राउ गरेको हो।

पक्राउ परेका पुरीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइएको प्रहरीले जनाएको छ ।