काठमाडौं, देशभर थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ हजार २५४ जनाको कोरोना परीक्षण गरिएकोम थप १०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ६० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेहरुको कुल संख्या २ लाख ७१ हजार ६१० पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप एक संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १५ पुगेको छ ।