काठमाडौं। देशभर थप ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ हजार ३११ जनाको कोरोना परीक्षण गरिएकोमा ७९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७५ हजार ३१० पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ८ सय ९५ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ७५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेहरुको कुल संख्या २ लाख ७१ हजार ४०१ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १४ पुगेको छ ।