• बैशाख १७ २०८३, बिहीबार

सत्ता समीकरणबारे माओवादी केन्द्र र जसपाबीच छलफल शुरु

फाल्गुन २९ २०७७, शनिबार

काठमाडौं, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच सत्ता समीकरणबारे छलफल सुरु भएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाडाँमा छलफल शुरु भएको हो ।

जसपाका नेताहरु नेपाली काँग्रेस, माओवादी केन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीसँग केही दिनअघि देखि निरन्तर छलफलमा व्यस्त रहेका छन् । यद्यपि, सत्ता समिरणबारे निर्णय भने हुन सकेको छैन ।

प्रधानमन्त्री ओली अल्पमतमा परेसँगै नयाँ सरकार निर्माणका लागि जसपा निर्णायक जस्तै भूमिकामा रहेको छ । हाल जसपासँग संसदमा ३४ सिट छ ।