बझाङ । आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा बाबुलाई पक्राउ गरिएको छ । १३ वर्षीया छोरीलाई बलात्कार गरी भाग्दै गरेको अवस्थामा प्रहरीले ४४ वर्षीय बाबुलाई बिहीबार राति पक्राउ गरेको हो ।
प्रहरीका अनुसार फागुन २२ गते राति बुंगल नगरपालिकास्थित बाबुले मदिराको नसामा छोरीलाई बलात्कार गरेका थिए ।
दाङ माइती घर भएकी उनकी आमाले घटनाको बारेमा केही छिमेकीलाई जानकारी समेत गराएकी थिइन् । तर छिमेकीहरुले वास्ता नगरेपछि राति नै घरमा सुटुक्क पसेर छोरालाई समेत लिएर माइतीघर दाङ गएपछि घटनाको बारेमा प्रहरीलाई जानकारी गराएकी थिइन् ।
दाङ प्रहरीले बझाङ प्रहरीलाई नै घटनाको विषयमा जानकारी गराउन भने उनले फोन मार्फत उजुरी दिएकी थिइन् । पीडितकी आमाले फोनमार्फत जानकारी दिने बित्तिकै प्रहरीले उनका श्रीमानलाई अप्रत्यक्ष निगरानीमा राखेको थियो ।