• बैशाख १८ २०८३, शुक्रबार

सर्वोच्चमा २ र उच्च अदालतमा १८ न्यायाधीशको नाम सिफारिस (सूचीसहित)

फाल्गुन २८ २०७७, शुक्रबार

काठमाडौँ । सर्वोच्च अदालतमा २ र उच्च अदालतमा १८ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ । न्याय परिषद्को शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । जसमा सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीलाई सिफारिस गरेको छ । हाल चुडाल उच्च अदालत पाटनमा र सुवेदी उच्च अदालत सुर्खेतमा कार्यरत रहेका छन् ।

यस्तै बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतबाट दुईजना उच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ। यस्तै जिल्ला न्यायाधीशबाट सातजना, न्याय सेवाका अधिकृतबाट दुईजना तथा अधिवक्ताहरूबाट सातजना उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गर्ने बैठकले निर्णय गरेको परिषद्ले जनाएको छ।