• भाद्र १ २०८३, सोमबार

हत्या आरोपमा एमाले नेता बाँस्कोटा पक्राउ

फाल्गुन २६ २०७७, बुधबार

काठमाडौं, नेकपा अलग हुँदा प्रधानमन्त्री केपी ओलीले पार्टीको केन्द्रीय सदस्य बनाएका मोरङका युवराज बाँस्कोटालाई हत्या आरोपमा पक्राउ गरिएको छ ।

मोरङको पथरीशनिश्चरे–१० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोगमा संलग्न बास्कोटालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

गत पुस १४ गते भण्डारी पथरीशनिश्चरे २ मंगलबारेस्थित युवराज बाँस्कोटाको घरमा मृत फेला परेका थिए । त्यसपछि मृतकका परिवारले २६ पुसमा ‘कर्तब्य ज्यान’ मुद्दामा बाँस्कोटाविरूद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए ।

किटानी जाहेरी परेपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएको उनको अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । किटानी जाहेरी परेपछि मोरङ अदालतदेखि मंगलबार पक्राउ पूर्जी जारी दिएपछि उनलाई पथरीदेखि पक्राउ गरिएको जनाइएको छ ।

मृत अवस्थमा फेला परेका भण्डारीको शरीरमा निलडाम र कानमा पनि चोट देखिएको मृतककी आमा राधिका भण्डारीको भनाई रहेको छ ।