• श्रावण ८ २०८३, शुक्रबार

ताजमहलमा बम राखिएको हल्ला झुटो साबित, धम्की दिने व्यक्ति पक्राउ

फाल्गुन २० २०७७, बिहीबार

भारतस्थित ताजमहलमा बम राखिएको हल्ला झुटो साबित भएको छ।

बिहीबार बिहान ताजमहलभित्र बम छ भन्ने हल्ला फैलिएपछि प्रहरीले अनुसन्धान गर्दा नभेटिएको हो।

योसँगै बिहानदेखि बन्द ताजमहल अहिले खुला गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बम राखेको धम्की दिने व्यक्ति पनि पहिचान भएको र उसलाई फिरोजाबादबाट नियन्त्रणमा लिइएको भारतीय प्रहरीले जनाएको छ।

प्रहरीले भनेको छ : कसैले ११२ नम्बरमा फोन गरेर बम राखेको सूचना दिएको थियो। उसले सैनिक भर्तीमा गडबडी भइरहेको र आफू भर्ती हुन नपाएकाले ताजमहलमा बम राखिदिएको बतायाे। साथै केही समयपछि त्यो विस्फोट हुने चेतावनी दियाे।

अन्ततः त्यो खबर झुटो साबित भएको हो।

ताजमहलमा दैनिक झन्डै ५ हजार पर्यटक पुग्छन्। त्यहाँ विस्फोटक पदार्थ राखिएको हल्ला यसअघि फैलिएको थियो। सन् २००८ मा पनि यस्तै झुटो सूचना फैलाइएको थियो।