• बैशाख १७ २०८३, बिहीबार

भीषण आगलागीपछि उजाड दोभान बजार (भिडिओसहित)

फाल्गुन १८ २०७७, मंगलवार

फुङलिङ  ।

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभान बजारमा आज बिहान भएको आगलागीबाट ७९ परिवार विस्थापित भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार आगलागीबाट ४७ घर जलेर नष्ट भएको छ भने ७९ परिवार विस्थापित भएका छन् । आगलागीमा परेर लक्ष्मी बैंक शाखा कार्यालय, ग्लोबल आइएमी बैंकको शाखा कार्यालय,आइएमीको एउटा शाखा कार्यालय लगाएत विभिन्न कपडा तथा खाद्य पसलहरु जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

जिल्लाको दोस्रो ठूलो बजार दोभान हो । यस बजारमा १०० व्यापारिक घर रहेका थिए  ।

भिडिओ : सामाजिक सञ्जालबाट