• बैशाख १७ २०८३, बिहीबार

कुलेश्वरबाट लाखौं रकमसहित तीन हुण्डी कारोबारी पक्राउ

फाल्गुन १६ २०७७, आईतवार

काठमाडौं ।  काठमाडौंको कुलेश्वरबाट प्रहरीले करिब १९ लाख रुपैयाँसहित तीन हुण्डी कारोबारी पक्राउ गरेको छ।

कुलेश्वरस्थित कुलेश्वर फलफूल बजारमा हुण्डि कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले हुण्डि कारोबार गरिरहेको अबस्थामा नगद १८ लाख ७८ हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा नुवाकोटको बिदुर नगरपालिका–१३ घर भइ हाल काठमाडौंको कुलेश्वरस्थित कान्तिपुर कोलोनीमा बस्ने कुलेश्वर फलफुल बजारमा फलफुल पसल नं.३०९ र ३१० का सञ्चालक वर्ष ३७ का नबराज कार्की, सोही स्थान घर भइ तारकेश्वर नगरपालिका–१० बस्ने सोही नबराज कार्कीको पसलका कामदार वर्ष २४ का सुमन थापा र भारतको बिहार राज्य बेतिया जिल्ला घर भइ कुलेश्वर बस्ने वर्ष ५६ को सत्य नारायण प्रसाद रहेका छन्।

नियन्त्रणमा लिइएका वइक्तिहरुलाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।