• श्रावण ९ २०८३, शनिबार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

फाल्गुन १४ २०७७, शुक्रबार

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेसँगै आज पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको बताइएको छ।

आजको बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्छ कि गर्दैन भन्ने टुंगो छैन।

सर्वोच्च अदालतले फागुन ११ गते दिएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि परमादेश दिएको थियो ।