• भाद्र २ २०८३, मंगलवार

पुल बनाउँदा चिप्लिएर ४ जना घाइते

फाल्गुन ४ २०७७, मंगलवार

बझाङ । पानकोटमा बन्न लागेको मोटरेवल पुलको सामान ओसार्दा पुलबाट चिप्लिएर चार जना घाइते भएका छन् । पानकोटको मोटरेवल पुलको लागि प्रयोग हुने चेन तथा अन्य कच्चा पदार्थ ओसारपसार गर्दा चिप्लिएर मंगलबार दिउँसो चार जना घाइते भएका हुन् ।

घाइते हुनेमा बारा जिल्ला सिमरा जितपुर नगरपालिका ११ बस्ने वर्ष २० का उदय चौधरी, वर्ष २४ का देवानन्द चौधरी, जितपुर नगरपालिका वडानम्बर १३ का वर्ष २४ का वसन्त चौधरी र पर्सा कचुवा कचौली गाउँपालिका वडा नम्बर ९ बस्ने वर्ष २१ का दैनिक चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डियसपी रुपक खड्काले जानकारी दिनुभयो ।

देवानन्द चौधरी र वसन्त चौधरीको घुँडाको हड्डी भाँचिएकाले थप उपचारका लागि धनगडी रेफर गरिएको र अन्य दुई जनाको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको जिल्ला अस्पताल सिमखेतका प्रमुख डा.सन्दिप ओखेडाले बताउनुभयो ।

चैनपुरबाट जयपृथ्वी नगरपालिका तथा सेतिपारिका अन्य गाउँपालिकाहरुलाई जोड्नको लागि र्निमाण भइरहेको पुलको लागि प्रयोग हुने चेन तथा अन्य कच्चा पदार्थ ओसार पसार गर्दा दुर्घटना भएको निर्माण कम्पनीका प्रतिनिधिहरुले जानकारी दिएका छन् । पुल निर्माणको काम भने अन्तिम चरणमा रहेको छ ।