• बैशाख १६ २०८३, बुधबार

काठमाडौँको वसन्तपुरमा स्रष्टाहरुको विरोध प्रदर्शन

माघ ३० २०७७, शुक्रबार

काठमाडौं । संसद विघटनको विरोधमा स्रष्टा र कलाकारहरुले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन नाम दिइएको उक्त प्रदर्शन सिर्जनायात्रा भृकुटीमण्डपबाट सुरु भई वसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो ।

कार्यक्रममा बोल्दै साहित्यकार धनकुमारी शाहीले स्रष्टाहरु सधै अग्रगामी हुने ,स्रष्टाहरुले नै जनताको आवाज बुलन्दगर्ने ,जनताको आवाज सम्बन्धित ठाउँ सम्म पुग्नको लागि जनतालाई सडकमा उतार्ने दायित्व पनि स्रष्टाहरुको भएको बताइन्।

त्यस्तै अर्का स्रष्टा निनु चापागाईले सरकारले जनताको आवाज नसुनेको बताए। उनले यसअघि पनि यस्ताखालका प्रवृतिहरु भोगिदै आएको र जनताले धेरै संघर्स गरिरहनु परेको बताए ।

त्यस्तै कार्यक्रममा प्रकाश गन्धर्व ,बविम शेर्मा,रचना मोक्तान लगायतका सहभागीहरुले विभिन्न कविता गीत प्रस्तुत गरेका थिए।