• मंसिर १३ २०८१, बिहीबार

अमेरिकीहरुमा यौन चाहना हराउँदै

मंसिर ४ २०७८, शनिबार

एजेन्सी । एक अध्ययनले अमेरिकाका धेरै व्यक्तिहरुमा यौन चाहना घट्दै गएको देखाएको छ । रिपोर्टका अनुसार यहाँ मानिसहरुमा यौन चाहना हराउँदै गएको छ ।

लगभग ३० प्रतिशत व्यक्तिहरुले सर्भेका क्रममा कम्तीमा पनि एक वर्षदेखि यौनसम्बन्ध नराखेको बताए । अनुसन्धानकर्ताका क्रममा नेशनल सर्भे अफ फेमिली ग्रोथको सन् २०११ र २०१९ को डाटाहरु तुलना गर्दा अमेरिकी युवाहरुमा यौन चाहना कमी हुँदै गएको पाइएको हो ।

डाटाका अनुसार अमेकिरी युवाहरुले कम मात्रा यौनसम्बन्ध गरिरहेका खुलेको छ । आफ्नो पार्टनर हुँदाहुँदै पनि शारीरिक सम्बन्धप्रति इच्छा नदेखाएको पत्ता लागेको छ । सर्भेमा सहभागी केही महिलाहरुले केही वर्षसम्म नै यौनसम्बन्ध नराखेको खुलेको छ । रिपोर्टका अनुसार पार्टनरसँग बस्ने वा विवाहित मानिसहरु भन्दा एक्लै रहनेहरुको संख्या धेरै पाइएको छ । सर्भेका अनुसार ५ प्रतिशत विवाहितहरुमध्ये कतिले एक वर्षसम्म पनि यौनसम्बन्ध नराखेको खुलेको छ ।

अमेरिकी समाज शास्त्री तथा मनोवैज्ञानिकहरुले युवाहरुमा यौन चाहनामा कमि आउनुको कारण पत्ता लगाउन निरन्तर अनुसन्धान गरिरहेका छन् । स्कट साउथ र लेई लेईले आफ्नो अनुसन्धानबाट केही तथ्यहरु पत्ता लगाएका छन् ।

उनीहरुका अनुसार लामो समयसम्म सम्बन्धमा नरहनु, विवाह र सामाजिक रितीरिवाज, सामाजिक सञ्जालको अत्यधिक प्रयोग, अत्यधिक मदिरा सेवन, भिडियो गेमको लत, पोनोग्राफी जस्ता कुराले यौनजीवन बर्बाद बनाउँछ । विशेषज्ञका अनुसार कोरोनाका कारण आइसोलेसनमा बस्नुपर्ने भएकाले पनि बिना यौनसम्बन्ध रहने बानी परेको हो ।