• मंसिर १५ २०८१, शनिबार

पाकिस्तानको लाहोर विश्वकै नम्बर एक प्रदूषित सहर

मंसिर २ २०७८, बिहीबार

एजेन्सी। पाकिस्तानको लाहोर विश्वमै सबैभन्दा प्रदूषित सहरको नम्बर एकमा परेको छ ।

वायु गुणस्तर अनुगमनसम्बन्धी स्वीस प्रविधि कम्पनी आईक्युएयरले लाहोर विश्वकै सवैभन्दा प्रदूषित सहरमा घोषित गरेको हो ।

बुधबार लाहोरको वायु गुणस्तर सूचांक ९एक्यूआई० ३४८ थियो । ३०० भन्दा माथिको एक्यूआईलाई खतरनाक मानिन्छ ।

पछिल्लो समयमा पाकिस्तानमा वायु प्रदूषण बढ्दो छ । सवारी साधनमा कम गुणस्तरको डिजेलको प्रयोग, मौसमी उब्जनीपछि किसानहरुले खेतबारीमा लगाएको आगो तथा परालको धुँवा र हिउँदसँगै सुरु भएको चिसोले वातावरण झनै प्रदूषित बनेको छ ।

एक करोड १० लाख जनसंख्या रहेको लाहोर वायु प्रदूषणका हिसाबले बारम्बर विश्वमै ‘प्रदूषित सहर’ को उपमा पाउँदै आएको छ ।

वायु स्वच्छ राख्न भन्दै पछिल्ला बर्ष स्थानीयवासीले आफै एयर प्युरिफायर मेसिन ९हावा चिसो बनाउने मेसिन० बनाएका छन् । प्रदूषणका कारण आत्तिएका उनीहरुले वायु स्वच्छ गर्न माग गर्दै सरकारी अधिकारीहरुबिरुद्ध मुद्दा दायर गरेका छन् । तर, अधिकारीहरुले लाहोरको प्रदूषणको दोष छिमेकी भारतलगायतका देशहरुबाट फैलिएको धुवाँलाई दिँदै आएका छन् ।

‘बालबालिकाहरुले श्वासप्रश्वासजन्य रोग अनुभव गरेका छन् । भगवानका निम्ति भए पनि समाधान खोज,’ स्थानीय मजदुर मुहमद सइदले भने।