• बैशाख १३ २०८३, आईतवार

सुनको मूल्यमा सामान्य गिरावट

कार्तिक २३ २०७८, मंगलवार

काठमाडौँ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा मंगलबार तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसैगरी मंगलबार चाँदीको मूल्य भने स्थिर छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । सोमबार पनि सोही मूल्य नै कायम भएको थियो ।