• मंसिर १३ २०८१, बिहीबार

रिडी हाइड्रोपावरको शेयर कारोबार रोक्का

कार्तिक २२ २०७८, सोमबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । रैराङ हाइड्रोपावर कम्पनीसँग एक आपसमा गाभिने भएपछि सोमबारदेखि रिडीको शेयर कारोबार रोक्का गरिएको हो।

यी दुई कम्पनीले १७ कात्तिकमा एक आपसमा गाभिनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । दुबै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलका लागि दोस्रो बजारमा रिडी हाइड्रोपावरको कारोबार रोक्का गरिएको छ ।