• बैशाख १३ २०८३, आईतवार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

कार्तिक १५ २०७८, सोमबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आइतबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन साेमबार तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको छ ।

यसैगरी सोमबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महसंघले जनाएको छ।