• मंसिर १३ २०८१, बिहीबार

नेप्सेमा १३ अंकको वृद्धि

कार्तिक ११ २०७८, बिहीबार

काठमाडौँ। बिहीबार सेयर बजार परिसूचक नेप्सेमा थप १३ अंकको वृद्धि भएको छ । गत बुधबार १८.०६ अंकले बढेर २७६९.१३ विन्दुमा पुगेको नेप्सेमा बिहीबार थप १३.०४ अंकको वृद्धि हुँदै २७८२.१६ बिन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ४.४२ अंकले बढेर ५२०.९८ पुगेको छ । यसदिन सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक अधिकतम २.२१ प्रतिशतमाथिले बढेको छ भने माइक्रोफाइनान्स समूहको २.४३ प्रतिशतले वृद्धि भएको छ ।

आज बैंकिङ, ट्रेडिङ होटल तथा पर्यटन, निर्जीवन बीमा र म्युचुअल सफन्ड ऋणात्मक भएका छन् भने बाँकी समूहहरु धनात्मक भएका छन् । १३ अंकले बढेको बजारमा आज कुल ५ अर्ब ३९ करोड ५२ लाखको कारोबार भएको छ । गत बुधबार १८ अंकले बढेको बजारमा ६ अर्ब ६१ करोड २६ लाखको कारोबार भएको थियो ।