• मंसिर १३ २०८१, बिहीबार

न्यादी हाइड्रोपावरको आईपिओ बाँडफाँट

कार्तिक ५ २०७८, शुक्रबार

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपिओ बाँडफाँट भएको छ। शुक्रबार बिहान ९ बजे बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आईपिओ बाँडफाँट गरेको हो ।

कम्पनीले असोज १५ गतेबाट १९ गतेसम्म २ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । यसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो । बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणका लागि खुला गरिएको थियो ।

यसमा कुल २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रूपैयाँ बराबरको आवेदन परेको थियो । जुन मागको तुलनामा १४ दशमलव ०८ गुणा बढी हो ।

मागभन्दा बढी आवेदन परेपछि कम्पनीले न्यूनतम १० कित्ताको दरले आईपीओ बाँडफाँट गरेको छ । जसमा २ लाख ९ हजार २ सय ५० आवेदकले गोलाप्रथाबाट न्यूनतम १० कित्ता सेयर पाएका छन् भने बाँकी २१ लाख ४८ हजार आवेदकको हात खाली भएको छ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले न्यादीको आईपीओलाई औसत आधार जनाउने ‘केयर एनपी आईआर डबल बी’ रेटिङ दिएको छ ।