• मंसिर १३ २०८१, बिहीबार

सिरियामा सैनिक बसमा बम बिस्फोट, १३ जनाको मृत्यु

कार्तिक ३ २०७८, बुधबार

एजेन्सी । सिरियाको राजाधानी दमासकसमा सैनिकहरु चढेका एक बसलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यसवर्ष शुरुवातपछि यो सवभन्दा खतरनाकपूर्ण आक्रमणको घटना भएको साना समाचार समितिले जनाएको छ ।

राजधानीको एउटा प्रमुख पुलमा दुई विस्फोटक पदार्थ प्रयोग गरी आतंककारीहरुले सैनिक बसलाई लक्ष्यगरी गराएको बम विष्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु हनुको साथै अन्य तीन जना घाइते भएका जनाएको छ ।

दमासकसमा हालैका वर्षहरुमा केही हदसम्म हिंसा कम भएको थियो । इस्लामिक स्टेट्स (आइएस) जिहादी समूहले २०१७ को मार्चमा जस्टिस प्यालेसलक्षित बम विस्फोट गराएपछि कम्तीमा ३० जना मारिएका घटनापछि राजधानीमा भएको यो सबैभन्दा घातक आक्रमण हो । यस बम आक्रमणको हाल कुनै पनि समूहले जिम्मेवारी लिएको छैन् । तर विगतमा यस्ता हमलाहरुको आईएस जिहादी समूहले दाबी गर्ने गरेका थिए ।

दशकौं पुरानो युद्ध सकिएको र पुनर्निर्माण प्रयासलगायत लगानी परियोजनाहरु शुरू गर्न को लागि स्थिरताको ग्यारेन्टी गरेको सरकारलाई पछिल्लो बम विष्फोटले चुनौती दिएको छ । राष्ट्रपति बशर अल असदको सरकारले आफूलाई अन्तराष्ट्रिय स्तरबाट अलग भएको यस अवस्थालाई बाहिर निकाल्ने कोशिस गरिरहेकाछन् र हालैका महिनाहरुमा यसमा प्रवेश पाएको छ ।