काठमाडौं । बैंकहरुले ब्याजदर बढाउन थालेपछि नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको छ ।
विभिन्न बैंकहरुले निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्याएपछि राष्ट्र बैंकले नियमनकारी एकीकृत निर्देशन जारी गरेको हो । यसले बैंकको ब्याजरदाई अपेक्षित सीमामा राख्न मद्दत गर्ने राष्ट्र बैंकको विश्वास छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्ने बताएको छ ।
बैंक तथा वित्तीय संस्थाले २०७८ कात्तिक महिनाको लागि प्रकाशित गरिसकेको ब्याजदर मा समेत माथिका दुई निर्देशन बमोजिम हुने गरी संशोधन गरी आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरी सोही मितिबाट लागू गर्नु पर्ने निर्देशन राष्ट्र बैंकले दिएको छ ।
यस्तो ब्याजदर मिति कात्तिक ४ गतेभित्र दैनिक पत्रिकामासमेत प्रकाशन गर्न निर्देशन दिइएको छ ।