काठमाडौँ। प्रतिनिधिसभा बैठक कात्तिक ११ गते बस्ने भएको छ । यही कात्तिक ९ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दुई दिन पर सारिएको हो ।
मंगलबार दिउँसो संघीय संसदले एक सूचना जारी गर्दै कात्तिक ९ गते दिउँसो १ बजे बस्ने निर्धाण भएको प्रतिनिधिसभाको बैठक सो दिन बस्न नसक्ने जनाएको छ ।
अर्को बैठक कात्तिक ११ गते बिहीबार दिउँसो २ बजे बस्ने छ।