• मंसिर १३ २०८१, बिहीबार

मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न उपराष्ट्रपति पुन नर्भिक अस्पतालमा

कार्तिक २ २०७८, मंगलवार

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)लाई भेट्न नर्भिक अस्पताल पुगेका छन्।

दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत् वैद्यलाई भेट्न उपराष्ट्रपति पुन आज बिहान नर्भिक अस्पताल पुगेका हुन् ।

उनले वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिनुका साथै शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् । साथै नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यमर्कीले वैद्यको स्वास्थ्य अवस्थाको विषयमा उपराष्ट्रपति पुनलाई जानकारी गराएका थिए ।

सो अवसरमा वैद्यको उपचारमा संलग्न चिकित्सकले स्वास्थ्य उनको स्वास्थ्यमा राम्रो सुधार आएको र बुधबारसम्म डिस्चार्ज गर्न सकिने जानकारी गराए ।