काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य(किरण) स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।
वैद्यलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो । एक्कासी दम बढेर छातिमा पीडा भएपछि अस्पताल ल्याइएको बताइएको छ।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार दम बढेर उनलाई गाह्रो भएको र त्यसमै केन्द्रीत भएर उपचार जारी राखिएको छ । अस्पताल ल्याएलगत्तै उनको छातिको एक्सरे गरिएको र सो क्रममा सामान्य दाग समेत देखिएको बताइएको छ ।
नेता वैद्य लामो समयदेखि दमबाट पीडित छन् । आइतबार बिहान उनमा देखिएको समस्या धेरै गम्भीर नरहेको समेत चिकित्सकहरुले बताएका छन् ।