• फाल्गुन २६ २०८२, मंगलवार

बाबुराम भट्टराईले लगाए ९२ वर्षीय बुवाको हातबाट टीका

आश्विन २९ २०७८, शुक्रबार

काठमाडौँ। पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विजया दशमीको टीका लगाएका छन्।

पूर्व प्रधानमन्त्री भट्टराईले काठमाडौंमै ९२ वर्षीय बुवा भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गरेका हुन्।

उनले टीका ग्रहणपछि स-परिवारले दसैंको टीका लगाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।