काठमाडौं । दक्षिण चीन सागरमा अमेरिकी पन्डुब्बी दुर्घटना भएको छ । अज्ञात वस्तुसँग ठोक्किएर यो विमान दुर्घटना भएको समाचारमा जनाइएको छ । सो पन्डुब्बी अमेरिकाको परमाणु ऊर्जाबाट चल्ने पर्दछ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताए अनुसार सागरमा पानीमुनि रहेको अज्ञात वस्तुसँग उक्त पनडुब्बी ठोक्किएको हो । उक्त घटनामा अमेरिकी जलसेनाका १५ सैनिक घाइते भएका छन् ।
अमेरिकी अधिकारीहरुका अनुसार शनिबार यूएस कनेक्टिकट नामको यो पनडुब्बी अज्ञात वस्तुसँग ठोक्किएको हो । पनडुब्बी कसरी ठोक्किएको थियो भन्ने विषयमा भने कुनै जानकारी प्राप्त भएको छैन् । अमेरिकी जलसेनाका प्रवक्ताले अहिले पनडुब्बी अमेरिकाको गुआमतर्फ अघि बढेको बताएका छन् ।
उनले भने, ‘घटनामा यूएसएस कनेक्टिकटका परमाणु ऊर्जा प्लान्ट र अन्य महत्वपूर्ण भागमा कुनै क्षति भएको छैन र सबै भागले राम्रोसँग काम गरिरहेको छ ।’ पनडुब्बी ठोक्किँदा कति नोक्सानी पुगेको छ भन्नेबारे अनुसन्धान हुने उनले बताए ।
चीन र ताइवानबीच तनाव चलिरहेको अवस्थामा दक्षिण चीन सागरमा अमेरिकी पनडुब्बी दुर्घटनामा परेको हो । हालै मात्र चिनियाँ सेनाका ३८ विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेका थिए ।