काठमाडौँ। नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ। बुधबारको तुलनामा आज सुन तोलामा ५०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।आज छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ र चाँदी एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत बुधबार सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा र चाँदी एक हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५०० रुपैयाँले नै बढेर ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।