• मंसिर १२ २०८१, बुधबार

कपिलवस्तुमा झाडापखालाबाट २ जनाको मृत्यु

आश्विन १९ २०७८, मंगलवार

कपिलवस्तु। कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कृष्णनगर नगरपालिका–८ का ४५ वर्षीय बब्लु केवट र वडा नम्बर ९ का ५ वर्षीय राज कश्यप रहेका छन्।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेका अनुसार नगरपालिकाको वडा नं. ५, ७, ८ र ९ वडामा सोमबार रातिदेखि प्रकोप फैलिएको हो। वडाभर प्रकोप फैलिएपछि शिवराज अस्पताल, निजी क्लिनिक र स्वास्थ्य चौकीमा विरामीको चाप बढेको छ।

शिवराज अस्पतालमा ५२ जना बिरामीको उपचार भइरहेको र गम्भीर अवस्थाका ७ जनालाई अन्यत्र रिफर गरिएको प्रमुख पाण्डेले बताए ।दूषित पानीका कारण झाडापखाला फैलिएको उनको भनाइ छ।

झाडा पखाला नियन्त्रणका लागि स्वास्थ्य कार्यालयबाट औषधि र जनशक्ति कृष्णनगर पठाइसकिएको र आफू पनि प्रभावित क्षेत्रमै रहेको पाण्डेले बताए