• मंसिर १२ २०८१, बुधबार

एकथरीलाई म बाँचेकोमा पनि चिन्ता छ : केपी ओली

आश्विन १७ २०७८, आईतवार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफू बाँचेकै कारण एकथरीलाई चिन्ता बढेको बताएका छन् । उनले मिर्गौला प्रत्यारोपण गरेको मान्छे खुसुक्क केही भइहाल्छ कि भन्ने सोचमा रहेकाहरु आफू बाँचिरहेका कारण चिन्तित भएको उनको भनाइ छ ।

पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रस्तावमाथिको सुझावबारे जवाफ दिँदै ओलीले भने, ‘दुईटा कुराले उनीहरु चिन्तित छन्, एउटा त म बाँचिरहेकाले चिन्तित छन् । अर्को, कार्यकर्ता र जनताले असाध्यै माया गर्छन् ।’ उनले फाटोवाद विरुद्ध जुध्नुपर्नेमा पनि जोड दिए । उनले भने, ‘कम्युनिस्ट आन्दोलनको एकता र विकासका लागि फाटोवाद एकदमै हानिकारक छ ।’

आलोचकहरूले एमालेमा बोल्न पाइँदैन भन्ने गरेको, देवत्वकरणका कुरा उठाउने गरेको ओलीको भनाइ छ । उनले नेतृत्वका वरिपरि पार्टी र आन्दोलन एकत्रित हुने प्रस्ट पारे । उनले भने, ‘पुष्पलालले अघि सारेका सिद्धान्त वरिपरि हामी छैनौं ? मदन भण्डारीका सिद्धान्तका वरिपरि हामी छैनौं ?’