काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
मंगलबार अधिवक्ता विशाल न्यौपानेले कानुन नै नभएको अवस्थामा निस्क्रिय कानुनमा टेकेर गराएको शपथ अवैधानिक भएको भन्दै शपथ बदर गर्न माग गर्दै रिट दायर गरेका हुन् । उक्त रिटको पेशी बुधबारका लागि तोकिएको छ।