काठमाडौं । साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा ७३ अंकले घटेर २ हजार ६ सय ८५ अंकमा पुगेको छ ।
आइतबार ६१ अंकले घटेको नेप्सेमा सोमबार पनि पहिरो जाँदा १ अर्ब ४० करोड भन्दा बढीले कारोबार रकम पनि घटेको छ । आइतबार ६ अर्ब ५० कराेडकाे काराेबार भएकाे थियाे ।
ठूला कम्पनीहरुको सेयरको कारोबार हुने सेन्सेटिभ इन्डेक्स पनि सोमबार १२ अंकले घटेर ५ सय ५ विन्दुमा आइपुगेको छ । आइतबार सेन्सेटिभ इन्डेक्स १० अंकले घटेको थियो ।
सोमबार कारोबार भएका तेह्र उपसमूह सबै राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा ४ सय ३९ अंकले घट्दा जीवन बीमा समूह ४ सय ३७ अंकले ओरालो लाग्यो । विकास बैंक समूह १ सय ९४, माइक्रो फाइनान्स १ सय ३२ तथा फाइनान्स १ सय १२ अंकले घटेको छ ।
२ सय २७ कम्पनीको १ करोड ४ लाख ७८ हजार कित्ता किनबेच हुँदा ५ अर्ब १२ करोड ९ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।