• मंसिर १२ २०८१, बुधबार

अफगानिस्तानमा तालिबान सरकारले लगायो दाह्री काट्न प्रतिबन्ध

आश्विन ११ २०७८, सोमबार

काठमाडौँ । हालै अफगानिस्तानको सत्तामा आएको तालिबानले त्यहाँको एक प्रान्तमा पुरुषहरुलाई दारी काट्न प्रतिबन्ध लगाएको छ । सत्ताधारी तालिबानले सो प्रान्तमा हजामहरुले दारी काट्ने वा मिलाउने गरेको कुराले आफूहरुले गरेको इस्लामको व्याख्यालाई उलंघन गरेको बताउँदै देशको हेलमण्ड प्रान्तमा सो कार्य गर्न प्रतिबन्ध लगाएको समाचारमा जनाइएको छ ।

सो कार्यको लागि लगाएको प्रतिबन्ध उलंघन गर्ने जो कोहीलाई पनि सजाए दिइने तालिबानको सत्ताले बताएको छ । बीबीसीका अनुसार राजधानी काबुलका हजामहरुले आफूहरुलाई त्यस्तो निर्देशन दिएको बताएका छन् । उक्त निर्देशनले विगतमा जस्तै उक्त समूहको कडा शासन फर्किएको सङ्केत गरेको छ । तर तालिबानले यसपटक सत्तामा आएसँगै विगतमा जस्तो कडा व्यवहार नगर्ने बताउँदै आएको थियो ।

हेलमण्ड प्रान्तको दक्षिण क्षेत्रका सैलुनहरूमा टाँसिएका केही सूचनाहरुमा तालिबान अधिकारीहरूले हजामहरूले कपाल र दाह्री काट्दा शरिया कानुन मान्नुपर्ने उल्लेख गरिएको छ । भनिएको छ,‘कसैसँग पनि गुनासो गर्ने अधिकार छैन ।’ तालिबानी लडाकू आएर आफूहरुलाई दाह्री काट्ने र मिलाउन कार्य रोक्न निर्देशन काबुलका एक हजामले बताए ।